काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले शुक्रबार बागलुङको बिहुँ निवासी प्रतिनिधिसभाका पूर्वसदस्य एवं कांग्रेसका नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३औँ दिनको पुण्यतिथिमा कांग्रेसले आयोजना गरेको श्रद्धाञ्जलीसभामा यस्तो धारणा राखेका हुन् ।
प्रतिनिधिसभाका पूर्वसदस्य कँडेलको यही असार १५ गते आइतबार निधन भएको थियो । चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौं जाने तयारीमा रहेका उनको निधन भएको थियो ।


