काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ। संघले उपभोक्ता अदालतले विभिन्न अस्पताल र चिकित्सकमाथि गरेको आदेशविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलनको तालिकानुसार पर्सि २२ गते आइतबार आ–आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने र सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने संघका महासचिव सञ्जीव तिवारीले बताए ।
यसैगरी संघले चिकित्सकहरूको हस्ताक्षर र नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी २४ गते काउन्सिलमै बुझाउने भएको छ।