काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३१.५० अंकले घटेको हो ।
आज ३ करोड ६८ लाख ७१ हजार २ सय ४४ कित्ता सेयर किनबेचबाट १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स कम्पनीबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से ३१ अंकले घटेको हो । बुधबार १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।


