काठमाडौं । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर भएको छ ।
उनले गैरकानूनी सम्पत्ति आर्जन गरेर अस्वाभाविक रूपमा उच्च जीवनयापन गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पौडेल र उनका परिवारका सदस्यले ९ करोड ६६ लाख ८० हजार ६२० रुपैयाँ ४७ पैसा खर्च र लगानी गरेकोमा ३ करोड ३९ लाख ८७ हजार ४९० रुपैयाँ ६५ पैसा रकम गैर कानूनी रुपमा आर्जन गरेको भेटिएको हो ।


