काठमाडौं । आज दिउँसो २ बजे काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दैछ ।
शुक्रबार नै ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने र त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्ने बताइएको छ ।
काठमाडौं महानगरमा मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण बैठक बस्न सकेको छैन । जसका कारण बजेट समेत प्रभावित भएको छ ।