काठमाडौं । राष्ट्रिय सभामा पेश भएको संघीय निजामती सेवा विधेयकमा सत्तारुढ दल नेकपा एमाले राष्ट्रिय सभाका ५ जना सांसदले कुलिङ पिरियड लागु नगर्न संशोधन हालेका छन् ।
एमाले राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले कुलिङ पिरियडको विपक्षमा संशोधन हाल्नेमा उनका अतिरिक्त सांसदहरु सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बिसी रहेको बताए । उनले अब संशोधनमाथि समितिमा छलफल हुने बताए ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रियसभामा एमालेका ५ सहित १६ ओटा संशोधन प्रस्ताव परेका छन् ।


