काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध १५ करोड ८८ लाख बिगोको अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग आयोगले शुक्रबार राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि आर्थिक वर्ष २०७६/७७ मा हाइ कम्प्युट इन्फ्रास्ट्रक्चरसम्बन्धी योजनामा आपूर्ति, जडान तथा स्थापनासम्बन्धी ठेक्कामा मिलेमतो गरी १५ करोड ८८ लाख रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
पौडेलले गुरुयोजना नै तयार नगरी मिलेमतोमा स्पेसिफिकेसन तयार गरेको र ३० करोड ९९ लाख ९९ हजार भ्याटसहित लागत अनुमान गरी बोलपत्र आह्वान गरेको अनुसन्धानबाट फेला परेको छ।


