काठमाडौं । आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा भारी वर्षा हुनसक्ने जल तथा मौसम विभागले जनाएको छ ।
आज मधेस प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।


