काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सार्वजनिक निकायबाट प्रवाह हुने सेवा पारदर्शी र सुशासनयुक्त हुनुपर्ने बताएकी छिन् ।
उनले आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको स्वागत एवं भेटघाट कार्यक्रममा जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्नेमा जोड दिइन् ।
राजनीति गर्नेका लागि जनता नै सबैभन्दा माथि रहने भन्दै मन्त्री न्यौपानेको जनताको सुविधाका लागि जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड थियो । उनले सार्वजनिक निकायबारे जनताले उठाएका प्रश्न सम्बोधन गर्नेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने बताइन् ।


