काठमाडौं । तुलसीप्रसाद घिमिरे नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन् ।
उनलाई २०८२ भदौ १ गतेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नियुक्त गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त व्यक्ति हुन् ।


