काठमाडौं । अन्ततः विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ।
समितिका सभापति अम्मरबहादुर थापाले आजको प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गरेका हुन्।
प्रतिवेदन पेस गर्दै सभापति थापाले सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै विधेयकलाई समृद्ध बनाइएको बताए। सभामा पेस भएको उक्त विधेयकमा प्रतिपक्षी दलहरू नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन्।