काठमाडौं । संसदीय समितिमा २ वर्षको कुलिङ पिरियड राख्ने सहमति भएको छ । निजामती कर्मचारीलाई अवकाशपछिको केही समय सरकारी नियुक्तिमा जान नपाइने व्यवस्था अर्थात् ‘कुलिङ अफ पिरियड’ राखेर जाने सहमति भएको हो।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको शनिबार भएको बैठकमा २ वर्षको कुलिङ पिरियड राख्ने सहमति भएको हो।
अब यही सहमति अनुसारै समितिबाट निजामती सेवासम्बन्धी विधेयक बन्ने छ।
यसअघि २ वर्षको कुलिङ पिरियड राख्ने विषयमा प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा हेरफेर भएर पारित भएपछि विवाद निम्तिएको थियो।


