काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले चाडपर्वमा सबै प्रकारका उपभोग्य वस्तुको सहज आपूर्ति ब्यवस्था मिलाउन निर्दशन दिएका छन् ।
उनले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकमा उनले उपभोग्य वस्तु सुपथ मूल्यमा सहज रूपमा उपलब्ध गराउन साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका हुन् ।
मुख्यसचिव अर्यालले भने, ‘चाडपर्वमा उपभोग्य वस्तुको सहज उपलब्धता, महँगी नियन्त्रण तथा नापतौलमा हुने ठगी नियन्त्रण गर्न संयुक्त बजार अनुगमन आवश्यक छ । यस वर्ष राज्यका सबै संयन्त्रले देखिने गरी काम गर्नुपर्छ । यसमा तपाईँहरू गम्भीर भएर लाग्नुस् ।’


