काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार जना उपसचिवको सरुवा गरेको छ।
यसरी सरुवा भएकाहरुमा सुरेश ढकाल, मदनबहादुर जी सी, उर्मिला के सी र रामबहादुर शाही रहेका छन् ।
मन्त्रालयको भदौं १९ गते अतिरिक्त समूहमा रहेका सुरेश, मदन र उर्मिलालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सरुवा गरेको हो ।
यसगरी जिल्ला प्रशासन कार्यालय, सप्तरीमा सहायक प्रमुख जिल्ला अधिकारी रहेका रामबहादुर शाही पनि सोही मन्त्रालय भित्रिएका छन् ।


