काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले तीन सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् ।
खनालले सहसचिवहरु महेश आचार्य, सेवन्तक पोखरेल र महेश बरालको जिम्मेवारी परिवर्तन गरेका हुन् ।
सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वयन महाशाखा लगिएको छ । उनी वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख थिए ।
यसैगरी वित्तीय तालिम केन्द्रमा रहेका महेश आचार्य वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वयन महाशाखामा पुगेका छन्।
त्यसैगरी अर्का सहसचिव महेश बराल भने वित्तीय संघीयता समन्वयन महाशाखाबाट वित्तीय तालिम केन्द्रमा सरुवा भएका छन्।