काठमाडौं । हिजो भएको जेनजीको प्रदर्शनमा धेरै मानवीय क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ
यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए । रानालाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
सोमबार जेनजीले गरेको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो हुँदा १९ जनाको ज्यान गएको थियो ।


