काठमाडौं । विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक भोलि पास हुने बताएकी छन् ।
आज बिहान साढे ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म बसेको विधायन व्यवस्थापन समितिको बैठकमा कुरा नमिलेपछि निजामती सेवा विधेयक पास हुन सकेन ।
बैठकपछि सभापति दाहालले भनिन्, ‘निजामती विधेयक भोलि हामी पास गर्छौं ।’ उनका अनुसार विधायन व्यवस्थापन समितिको बैठक भोलि बिहान ९ बजेका लागि राखिएको छ ।


