काठमाडौं । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले मंगलबार सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सूचना जारी गर्दै यस्तो जानकारी दिइएको हो ।
‘जेनजी पुस्ताद्वाराभएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) मिति २०८२/०५/३० गते निर्णय भएको ब्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।