काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्निहित अधिकारको प्रयोग गरेर संविधान जोगाउने आँट गरेको भन्दै प्रशंसा गरेका छन् ।
मैनालीले पश्चिमा र अन्य शक्तिहरूले नचाहँदा नचाहँदै पनि राष्ट्रपतिको आँटलाई मान्नैपर्ने धारणा राखेका हुन् ।
प्रगतिशील लेखक सङ्घ, नेपालले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव मैनालीले निर्वाचन हुनका लागि राजनीतिक दलहरूले संसद् पुनःस्थापनाको माग राखेर आन्दोलन गर्न नहुने पनि बताए ।