काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूले विज्ञबाट सल्लाह–सुझाव लिएर मात्रै काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
उनले राष्ट्रपति निवासमा सपथ लिएपछि यस्तो बताएका हुन् । ‘यहाँ धेरै कुराहरू छन्, के–के छन् भन्ने कुरा म आफू जान्ने भएर अहिले भन्ने कुरा होइन । अब विज्ञहरूसँग सल्लाह–सुझाव माग्छु। सुझाव दिन त राम्रो पनि आउलान्, नराम्रो पनि आउलान्, राम्रो मान्छेको राम्रो सुझाव लिएर त्यसलाई सकेसम्म छिटोछरितो कार्यान्वयन गर्ने काम हुन्छ,’ उनले भने।
विज्ञान, प्रविधि, नवप्रवर्तन र अनुसन्धान आफ्नो प्राथमिकतामा भएको प्रस्ट पार्दै मन्त्री पुनले शिक्षासम्बन्धी विषयमा भने सल्लाह–सुझाव लिएर निर्णय गर्ने बताए।