काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले २४ सै घण्टा यात्रुको गुनासो सुन्न र सडक अवरोध तुरुन्तै खोल्ने व्यवस्था गर्न निर्देशन दिएका छन्।
मन्त्री घिसि ङले शनिबार चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा सरोकारवालासँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीसँगको छलफलपछि गरिएको निर्णयमा भनिएको छ,‘मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्चालन हुने गरी फोकल पर्सन समेतको व्यवस्थापन गर्न गराउन सडक विभागलाई निर्देशन दिने।’