काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जेनजीको मनोविज्ञानअनुसार पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।
हिन्दू धर्मावलम्बीको चाड विजया दशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘हाम्रो पार्टीले जेन जिका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ’ शुभकामना सन्देशमा उल्लेख छ ।