काठमाडौं । आज प्रायः देशभर वर्षाको हुनसक्ने जल तथा मौसम विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा सामान्यतया बदली रहने छ। तर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुन सक्ने देखिएको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
आज राती कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ।


