काठमाडौं । सार्वजनिक प्रशासन रुपान्तरण अभियान- २०८२ ले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर निजामती कर्मचारीहरूको दलीय ट्रेड युनियन खारेज गर्न माग गरेको छ ।
हालको प्रशासनिक नेतृत्वबाट रूपान्तरण सम्भव नहुने ठहर गर्दै उच्च प्रशासकीय नेतृत्वकर्तासहित मतियारको रुपमा काम गर्ने जिम्मेवार पदाधिकारी एवम् कर्मचारीहरूलाई तत्काल मार्गप्रशस्त गर्न अनुरोध गर्दै तिनको बहिर्गमनको जोडदार मागसमेत अभियानले गरेको छ।
शाखा अधिकृत गणेश घिमिरेको संयोजकत्वको उक्त टोलीले सार्वजनिक प्रशासनमा रहेका भ्रष्ट कर्मचारीमाथि छानबिन गरी तत्काल कारबाही गर्न समेत माग गरेको छ । यी मागसहित अभियानले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको हो।


