काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले आफ्नो सचिवालयमा रहेका कर्मचारी हेरफेर गरेका छन् । मन्त्री सिन्हाले निजी सचिवमा राजु कुँवरलाई ल्याएका छन् ।
मन्त्रालयले ८ जना उपसचिवलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा पदस्थापन गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा पदस्थापन गरिएका उपसचिवहरुमा जेमा सुब्बा, सन्ध्या सिग्देल, चेतनाथ अर्याल ,रामप्रसाद ज्ञवाली र नारायण प्रसाद भण्डारी रहेका छन् ।
मन्त्रालयबाट वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशकको रुपमा विनोद उपाध्याय, मेघनाथ शंकरलाई विशेष आर्थिक क्षेत्र सेजमा कामकाजमा खटाइएको छ ।
यस्तै तुलसी राम अर्याललाई लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र रामकृष्ण श्रेष्ठलाई मन्त्रालयको योजना तथा बजेट महाशाखा, कम्पनी रजिष्ट्रारमा रहेका देवी सुवेदीलाई मन्त्रालय कम्पनीमै रहेका ज्ञाननाथ कोइरालालाई मन्त्रालयमा तानेर कामकाजका लागि उपभोक्ता हित संरक्षण विभाग पठाइएको छ ।
थपलियालाई उद्योग विभागमा लगिएको छ । यसैगरी सुरेश दाहाललाई उद्योग विभाग, पशुपति पुरीलाई उद्योग विभागमा सरुवा गरिएको छ ।
दशरथ ओडलाई घरेलु साना तथा मझौला उद्योग शाखा, सृजना तिवारीलाई वैदेशिक लगानी तथा वौद्धिक सम्पत्ति शाखा र सुमन धिताललाई अनुगमन मुंल्याकन शाखा लगिएको छ ।
यस्तै उद्योग मन्त्रालयले शाखा अधिकृत गायत्र श्रेष्ठ कम्पनी रजिष्टरको कार्यालयमा सरुवा गरेको छ भने लोकराज खत्री गुणस्तर तथा नापतौल विभाग,नृपराज उपाध्याय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सरुवा भएका छन् । त्यहाँ कम्पनी रजिष्ट्राबाट अधिकृतहरु शैलेश यादव,सरोज भट्ट रविन कार्की,रेशम भण्डारी,भीम प्रसाद पराजुली,कन्हैया कुमार र अनुस आचार्य सरुवा भएका छन् ।
यस्तै,गुणस्तर नापतौल विभागमा रहेका लिलाराज काफ्ले मन्त्रालय,कम्पनी रजिष्ट्रारबाट सुमित मगर,संगीता चौलागाई,रमेश सिंह भण्डारी,प्रकाश घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ ।
सरुवाको सूची अनुसार, लघु घरेलु तथा साना उद्योगबाट चन्द्रदेव जोशी,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट विणा नेम्कुल श्रेष्ठ,मंगल बहादुर विष्ट,लोकराज सुवेदी उद्योग विभागबाट एकनाथ बास्तोला,भाष्कर दाहाल मन्त्रालयमा सरुवा भएका छन ।
मन्त्रालयबाट विमला भुषाल,लोकेन्द्र सिंह नेगी,उषा थपलिया पाण्डे,दुर्गा लम्साललाई उद्योग विभाग,त्रिपुरेश्वरमा सरुवा गरिँदा गीता तिवारी खानी तथा भूगर्भ विभागबाट उद्योग मन्त्रालयमा आएकी छिन भने मन्त्रालयबाट पवन अर्याल खानी विभाग पुगेका छन् ।


