काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी र मालपोतका ३४ जना उपसचिवहरुको सरुवा गरेको छ ।
सरुवाको सूची अनुसार काजमा हरिवन सर्लाहीमा सरुवा भएका विष्णु सिटौलालाई मालपोत कार्यलय धरान,सुनसरी लगिएको छ । यसैगरी मदन घिमिरेलाई इनरुवा, सुनसरीमा पदस्थापन गरेको छ ।
यस्तै,राजविराज सप्तरी मालपोत कार्यलय प्रमुख रहेका भुपेन्द्र राईलाई साँखु मालपोतको प्रमुखको रुपमा सरुवा गरिएको छ भने मालपोत कार्यलय दोलखामा काज खटिएकी हिरादेवी पौडेललाई भूमि व्यवस्था मन्त्रालयमा ल्याइएको छ ।
सरुवाको सूची अनुसार,जीवनराज सेढाइलाई मन्त्रालयमै पदस्थापन गरिएको छ । सेढाइ यस अघि ललितपुर मालपोतको प्रमुख थिए ।
यस्तै,दिपक कोइरालालाई बेलबारी मोरङमै पदस्थापन गरिएको छ ।
मालपोत कार्यलय विरेन्द्रनगर सुर्खेतबाट काजमा दोलखा खटाइएका राजेन्द्र प्रसाद पौडेललाई सोही कार्यलयमा पदस्थापन गरिएको छ ।
काजमा मालपोत कार्यलय दमक,झापामा सरुवा भएका लक्ष्मी खरेललाई त्यही पदस्थापन गरिएको छ भने यस अघि पर्सा वीरगञ्जबाट काजमा लगनखेल सरुवा मिलाएका अशोक भट्टराईलाई सोही कार्यलयमा खटाइएको छ ।
खिमानन्द आचार्यलाई भूमि व्यवस्थापन विभाग, मालपोत कार्यलय हरिवन सर्लाहीमा काज सरुवा भएका राजेन्द्र प्रसाद पोखरेललाई मालपोत कार्यलय विराटनगर मोरङमा सरुवा गरिएको छ ।
मालपोत कार्यलय मनमैजुबाट नरेन्द्र पौडेललाई भूमि व्यवस्थापन विभाग,यस अघि जलेश्वर महोत्तरी पुगेका देवी बहादुर भण्डारीलाई मालपोत कार्यलय वीरगञ्जमा सरुवा गरिएको छ ।
यसैगरी खैरेहनी चितवनमा कार्यरत रहेका राजेन्द्र पौडेललाई तनहुँ मालपोत प्रमुखका रुपमा सरुवा गरिएको छ भने सहकारी विभागमा उपरजिष्ट्रार रघुनाथ महतलाई मन्त्रालयमा पठाइएको छ ।
समस्याग्रस्त सहकारी कार्यलयमा काजमा कार्यरत सुचित्रा राईलाई पौडेलले सम्हालिरहेको सहकारी विभागको उपरजिष्ट्रारको जिम्मेवारी दिइएको छ । मनोज कुमार सैनीलाई रुपन्देही भैरहवाको मालपोत प्रमुखको जिम्मेवारी दिएर खटाइएको छ भने हरिप्रसाद पन्तलाई भूमि विभागको निर्देशकको रुपमा ल्याइएको छ । काजी बहादुर विष्टलाई डिल्लीबजार मालपोतको प्रमुखको रुपमा पदस्थापन गरिँदा सुमिर कोइराला नापी विभाग मीनभवन पुगेका छन् ।
मनी प्रसाद रेग्मीलाई नापी कार्यालय रुपन्देही,दाङमा मालपोत प्रमुख रहेका विष्णुभक्त सिग्देललाई भूमि व्यवस्थापन प्रशिक्षण केन्द,धुलिखेलमा खटाइएको छ ।
यस्तै,मन्त्रालयमा कार्यरत रहेका रामबहादुर शाहीलाई मालपोत कार्यालय,काभ्रेपलाञ्चोक खटाइको छ । मनोज पोखरेललाई धादिङ मालपोतमै पदस्थापन गरिएको छ भने महेश अधिकारीलाई मनमैजु मालपोतको प्रमुखको जिम्मेवारी दिएर खटाइएको छ ।
यस्तै डिल्लीराज भण्डारीलाई नापी कार्यालय, डिल्लीबजार प्रमुख, श्रीधर भण्डारीलाई नापी कार्यालय,चितवन,प्रमुख,सुवास भण्डारीलाई नापी कार्यालय,कास्कीमा खटाइएको छ भने कलकी मालपोतमा काज सरुवा भएका रविन ढकाललाई सोही कार्यालयमा पदस्थापन गरिएको छ । यस्तै डिल्लीबजार मालपोत प्रमुख रहेका लोकहादुर भण्डारीलाई काभ्रेपलाञ्चोक खटाइको छ छ । मालपोत कार्यालय साँखुका प्रमुख रहेका कुमार खड्का मालपोत कार्यालय सिन्धुली पुगेका छन् ।


