काठमाडौं । हिजो उच्च अंकले बढेको नेप्से आज भने १९ दशमलव ४३ अंकले घटेको छ ।
आज ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७२ कित्ता शेयर ३८ हजार ८२७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ मा खुम्चिएको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु ३२ करोड सात लाख ८३ हजार ७१६ बराबरको शेयर किनबेच भएको छ ।


