काठमाडौं । आज दिउँसो पाँचथरको कुम्मायक गाउँपालिका-३ कात्तिके डाँडामा भएको बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी तमोर करिडोरमा दुर्घटना भएको हो ।
बोलेरो सडकबाट अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनालाई उपचारका लागि धरानस्थित बिपी कोइरालाा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।


