काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुईजना पूर्वमन्त्रीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पूर्वमन्त्री राजकुमार गुप्ता,रञ्जिता श्रेष्ठसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
जग्गा हिनामिना गर्ने योजनासहित ‘घुस डिल’ गरेको अडियो सार्वजनिक भएपछि पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठसहितलाई अख्तियारले बयान लिएर अनुसन्धान अघि बढाएको थियो । बिचौलियासहितका व्यक्तिको अडियोका आधारमा ‘लिचीबारी प्रकरण’मा मुद्दा अघि बढेको हो । तत्कालीन भूमिसुधारमन्त्री तथा एमाले नेता बलराम अधिकारीलाई भने मुद्दामा प्रतिवादी बनाइएको छैन ।
मन्त्रीहरूसँगै तत्कालीन मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत रामचन्द्र अधिकारी र घुस डिल प्रकरणमा संलग्न सुजनकुमार तामाङ, एमकुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनलाई प्रतिवादी बनाइएको छ ।


