काठमाडौं । गत हप्ता भारी वर्षाका कारण आएको बाढीपहिरोले अझै पनि ९ ओटा सडक पूर्ण रुपमा अवरुद्ध छन् भने ४ सडकमार्ग एकतर्फी रुपमा मात्रै सञ्चालनमा रहेका छन् ।
नेपाल प्रहरीका अनुसार यो आज बिहान ९ बजेसम्मको आँकडा हो ।
बाढीपहिरोकै कारण दशैका घर गएकाहरुलाई काठमाडौं उपत्यका फर्कन धेरै नै सकस भएको थियो । सरकारले २ दिन त काठमाडौंबाट बाहिरिन र भित्रिन रोक नै लगाएको हो । मौसममा सुधार भएसँगै बिस्तारै अवरुद्ध सडकहरु खुल्न थालेका हुन् ।