काठमाडौं । भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ ।
भदौ २३ र २४ गते जेनजीको आन्दोलन हुँदा प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका लेखकलाई पक्राउ गर्न जेन्जीहरुले सामाजिक सञ्जालमा ट्रेन्ड पनि चलाएका छन्।
हामी नेपालीका संयोजक सुदन गुरुङसहित जेनजीका प्रतिनिधिले यसअघि सरकारलाई ओली र लेखकलाई तत्काल पक्राउ गर्न भन्दै ध्यानाकर्षण गराएका थिए।