काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्न थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७.८ डिग्री सेल्सियस रहेको छ
उनका अनुसार बिहान ८स्४५ बजेसम्म न्यूनतम तापक्रम थोरै अझ घट्न पनि सक्छ अथवा यत्ति नै रहन पनि सक्छ।यसअघि हिजो मंगलबार पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.८ डिग्री सेल्सियस नै थियो।