काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीहरूलाई कार्यसम्पादन मूल्याङ्कन फाराम पुनः भर्न परिपत्र गरेको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा भएका आगजनीका कारण कर्मचारीहरूको पुनः भर्न परिपत्र गरेको हो ।
मन्त्रालयले विभाग,केन्द्र,वोर्ड,अस्पतालहरुलाई परिपत्र गर्दै त्यहाँ कार्यरत कर्मचारीहरुलाई असोज २२ देखि असोज २८ भित्र आ आफ्नो कार्यसम्पादन मुल्यांकन पुन भरी दर्ता गरेर सात दिनभित्र सुपरीवेक्षक र पुनरावलोकनकर्ताबाट मूल्याकन गराइ उपलव्ध गराउन भनिएको छ ।