काठमाडौं । बाढीपहिरोको क्षतिबारे जानकारी लिन गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ आज इलाम जाने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।
स्रोतका अनुसार उनीहरु जहाजमा टिकट नपाएका कारण त्यसतर्फ जान नसकेका हुन् ।
गत असोज १८ र १९ गतेको अविरल वर्षाले इलाममा सबैभन्दा बढी क्षति पुर्याएको थियो । उक्त जिल्लामा पहिरोमा परेर मात्रै दुई दर्जनभन्दा धेरैको ज्यान गएको थियो ।