काठमाडौं । जेनजी प्रदर्शनमा भएको दमन र आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने प्रस्ट पारेको छ।
गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेर जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडको विषयलाई जाँचबुझ आयोगले हेर्ने उल्लेख गरेको थियो। विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ।’
गृह मन्त्रालयले भने विज्ञप्तिमा घटनामा संलग्नमाथि आयोगको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा छानबिन प्रक्रिया अघि बढाउने उल्लेख गरेको थियो ।
ु