काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुने बताएका छन् ।
उनले आज बाढीले क्षतिग्रस्त राजमार्गको अवलोकन गर्दै पूर्वी नेपाल र तराईलाई काठमाडौंसँग जोड्ने छोटो सडकको रूपमा रहेको बीपी राजमार्गलाई जति सक्यो छिटो पुनर्निर्माण गर्न तयारी अघि बढिसकेको जानकारी दिए ।
संघीय राजधानीलाई पूर्वी क्षेत्रसँग जोड्नको लागि महत्वपूर्ण रहेको उक्त बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १६० किलोमिटर लम्बाइको वीपी राजमार्ग गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो ।