काठमाडौं । वर्षाका कारण यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमले सोमबार चार्टर्ड उडान गर्ने भएको छ । निगमले भोलि दिउँसो १ बजे काठमाडौंदेखि भैरहवा जाने र २स्४५ बजे भैरहवाका यात्रुलाई काठमाडौं ल्याउने निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।
काठमाडौंबाट भैरहवा जान पाँच हजार रुपैयाँ र भैरहवाबाट काठमाडौं फर्कन सात हजार रुपैयाँ भाडादर कायम गरिएको छ ।
निगमले सडक यातायात सहज नभएको र दसैँपछि काठमाडौं फर्किने यात्रुको चाप भएको भन्दै चार्टर्ड उडान गर्ने तयारी गरेको जनाएको छ ।