काठमाडौं । अव राजस्व समुहको उपसचिव र शाखा अधिकृत हुन सम्बन्धित बिषयमा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाको (गठन,समूह तथा श्रेणी विभाजन र नियुक्ति ) छैंटौं संशोशन गर्दै राजश्व समूहको उपसचिव हुनका लागि व्यवस्थापन, वाणिज्य, व्यापार, अर्थशास्त्र वा जनप्रशासनमा (सार्वजनिक वित्त तथा लेखासहित) स्नातकोत्तर तह उत्र्तिण गरेको हुनुपर्ने प्रावधान लागू गरेको हो ।


