काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिराहाका तत्कालीन डिभिजन इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससहित चार जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले उनीसहित तत्कालीन इन्जिनियर शैलेन्द्र कुमार चौधरी र सब(इन्जिनियर चन्द्रकान्त चौधरी र जय धनन्जय रब्बानी जेभी तथा उक्त जेभीको तर्फबाट अधिकारप्राप्त रब्बानी कन्सट्रक्सनका प्रोपराइटर जफिर कवारी विरुद्ध मुद्दा दायर गरेको हो ।
सिरहाको कल्याणपुर नगरपालिका वडा ५ चिकनास्थित प्रदेश सरकारको योजनामा सडक डिभिजन, लहानद्वारा निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान कार्य योजनामा भ्रष्टाचार गरेको आरोप छ ।
उनीहरूविरुद्ध जनही २ करोड ३४ लाख ९९ हजार ९ सय ४५ रुपैयाँ २२ पैसा बिगो दाबी गर्दै मुद्दा दायर भएको सर्वोच्चका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।


