काठमाडौं । केही दिनअघि मात्रै सञ्चार मन्त्रालयबाट अर्थमा सरुवा भएका सहसचिव गजेन्द्रकुमार ठाकुरलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारीमा खटाइएको छ । ठाकुरले आज नै पदभार ग्रहण गरिसकेका छन् । गत १९ भदौमा मात्रै विभाग पुगेका डिजी कृष्ण मैनालीको एक महिनामै उनको सरुवा भएको हो ।
नयाँ सरकारले गत ८ असोजमा विभागलाई प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमातहत ल्याएको थियो ।
नयाँ महानिर्देशक ठाकुर दोहोरिएर विभागको प्रमुख बन्न आएका हुन् । ठाकुर यसअघि २१ फागुन ०७७ देखि १ असोज ०७८ मा विभागको महानिर्देशक थिए ।