काठमाडौं । सुनको मूल्य आकाशिँदै गएको छ । आज नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ रकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।