काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३३ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला दुई लाख ३० हजार ६ सयमा कारोबार भएको थियो ।
यसअघि असोज १२ गते सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ थियो। त्यसयता आइतबार मात्रै सुनको मूल्य निर्धारण भएको हो।
आज चाँदीको मूल्य पनि उच्च भएको छ। प्रतितोला चाँदीको मूल्य आज दुई हजार नौसय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।