काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा शर्मा गौतमले कर्मचारीलाई भ्रष्टाचार नगर्न कडा निर्देशन दिएकी छिन् । पूर्व स्वास्थ्य सचिव समेत रहेकी उनले आइतबार पदभार ग्रहणलगत्तै मन्त्रालयका कर्मचारीहरूसँगको छलफलमा बोल्दै यस्तो निर्देशन दिएकी हुन् ।
‘कुनै पनि स्तरमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् । आर्थिक एवं प्रशासनिक रूपमा कुनै पनि गलत काम गर्नु भएन । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै अंगहरू हुन् । त्यसकारण हामीले त्यस्तो नहोस् भन्ने कुरामा ख्याल गर्नुपर्छ,’ उनले भनिन् ।


