काठमाडौं । आज मन्त्री भएका अभियन्ता बब्लु गुप्ता हालसम्मको इतिहासमा नेपालकै सबैभन्दा कान्छो उमेरमा मन्त्री बन्ने रेकर्ड राख्न सफल भएका छन् ।
विभिन्न सामाजिक आन्दोलनको अगुवाई गर्दै आएका गुप्ता २८ वर्षकै उमेरमा मन्त्री भएका हुन्।
सिराहा स्थायी घर भएका उनी आइतबार २८ वर्षकै उमेरमा संघीय युवा तथा खेलकुद मन्त्री बनेका छन् ।मन्त्री बनेलगत्तै पदभार गरेका गुप्ताले खेलकुद मन्त्रालयको सबै बैठक लाइभ गर्ने निर्णयसमेत गरिसकेका छन्।


