काठमाडौं । हिजो उच्च घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज पनि भारी मात्रामा गिरावट आएको छ । बुधबार नेप्से ४५.३६ अंकले घटेको हो ।
आज ५ अर्ब ७६ करोड २७ लाख १ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कारोबार भएकामध्ये २३२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १८ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।
आजको कारोबारमा सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ को बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने प्रभु इन्स्योरेन्सको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।


