काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदल्नुपर्ने आवश्यकतालाई आफूहरूले ध्यान दिएको बताएका छन् ।
लुम्बिनीस्तरीय एकता सभालाई सम्बोधन गर्दै यस्तो धारणा ब्यक्त गरेका छन् । उनले जेनजी आन्दोलनले विगतमा आफूहरूले गरेको कामलाई समीक्षा गर्न दबाब बढाएको बताए।
‘हामीले समीक्षा गरेरै एकताबद्ध बनेका हौँ। यो सन्देश सभा आफ्नो कमीकमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता गर्न आएका हौँ,’ उनले भने, ।’यो आत्मालोचना सभा पनि हो। हामी १५ वटा पार्टी एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी बनेका हौँ।’


