काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशीहरू नेपालमा कुन स्वार्थले आउँछन् त्यसका समग्र पक्षका बारेमा हेर्ने एउटा विज्ञ समूह बनाउनुपर्नेमा जोड दिएका छन् ।
डिजी तिवारीले आज अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको सम्बन्धमा सरोकारवाला निकाय एवं विज्ञहरूसँगको छलफलमा यस्तो धारणा राखेका हुन् ।
उनका अनुसार विदेशीहरू नेपालमा कुन स्वार्थले आउँछ त्यसका समग्र पक्षका बारेमा हेर्ने एउटा विज्ञ समूह बनाउनुपर्छ। नेपालीहरूलाई सबैले खुइल्याउने तर विदेशीहरू सिंहदरबारमा आएर डुल्दा समेत निगरानी नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।


