काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको छ।
टस हारेर पहिले ब्याटिङमा गएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन जोडेको थियो ।नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । कुशल मल्ल ४५ रन बनाउँदा आसिफ शेख ३४ रनमै रोकिए ।
यूएईका लागि ध्रुव पराशर, मोहम्मद जवाद उल्लाह र जुनैद सिद्दिकीले २र२ विकेट झारे । अहिलेसम्म यूएईमा भएका यो सिरिजका सबै खेल नेपालले गुमाएको छ ।


