काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरुप काम गर्न निर्देशन दिएका छन् ।
मन्त्री अर्यालले आज मन्त्रालयमा आयोजित गृह सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित ‘एसएमटी बैठकमा विशेष उपस्थिति जनाउँदै सम्पूर्ण कर्मचारीहरूले एक्टिभिष्ट जसरी आ-आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिए ।
मन्त्री अर्यालले विभागीय प्रमुखहरूलाई आ-आफ्नो मातहतका कार्यालयहरूको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न निर्देशन गर्दै भने, ‘बढीभन्दा बढी कर्मचारीहरूले पनि जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न र परिवर्तनको अनुभूति महसुस गर्ने गरी सेवा प्रवाहमा लाग्न निर्देशन गर्दछु।’


