काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नियमित वा विशेष महाधिवेशनबारे पार्टी केन्द्रीय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउनसक्ने चेतावनी दिएका हुन् ।
संस्थापनइतरका नेता समेत रहो उनले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो चेतावनी दिएका हुन् ।
उनले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको बताउँदै नेता कोइरालाले उक्त हस्ताक्षर प्रमाणीकरणको प्रक्रिया शुरु हुने दिनदेखि नै कांग्रेस विभाजनको सम्भावना रहेको समेत बताए । केन्द्रीय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ ।


